रामपुर, चितवन
 सम्पर्क नं.: ९७७-५६-५९१०७१, ५९१००९
 फ्याक्स :९७७-५६-५९१२५५
 E-mail:ncrp@narc.gov.np

Published Date : 2019-08-18 (Modified Date : 2024-09-08)

परिचय

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत संचालित बिभिन्न बस्तु बाली राष्ट्रिय अनुसन्धान कार्यक्रमहरु मध्ये एक हो l राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम नेपाल कृषि अनुसन्धान परिषद्, पशु तथा मत्स्य निर्देशनालय अन्तर्गत निर्देशकको मातहतमा रही अनुसन्धान कार्य संचालन गर्ने गर्दछ l यसको स्थापना बि. स. २०४८ सालमा तत्कालीन पशु विकास तथा पशु स्वास्थ्य विभाग अन्तर्गत खुमलटार ललितपुरमा रहेको पशु विकास फार्म बाट भएको हो l बि. स. २०४८ सालमा नेपाल कृषि अनुसन्धान परिषद्को गठन संगै यसको नाम राष्ट्रिय गाइभैसी अनुसन्धान कार्यक्रम राखियो l बि. स. २०६९ सालमा राष्ट्रिय गाईभैसी अनुसन्धान कार्यक्रमलाई पुनर्संरचित गरि राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम र राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम छुट्टा छुट्टै हुनेगरी विभाजन गरियो l बि. स. २०७१ सालमा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम खुमलटार बाट रामपुर, चितवनमा सर्यो l त्यसैगरी राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम तरहरा, सुनसरीमा सरियो l हाल राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम चितवन जिल्लाको रामपुरमा २५ हेक्टर क्षेत्रफलमा अवस्थित छ l उक्त ठाउँ चितवन जिल्लाको सदरमुकाम भरतपुर देखि १० किलोमीटर पश्चिममा रहेको छ l

परिकल्पना

गाईको उत्पादन र उत्पादकत्व बृद्धि गरी नेपाली जनताको पोषण सुरक्षा र जीबीकोपार्जनमा सुधार गर्नुका साथै देशको अग्रणी अनुसन्धान संस्थाको रुपमा नेतृत्व गर्ने l

मिसन

किसानहरुको समस्यामा आधारित, सहभागीतामूलक तथा व्यवस्थित अनुसन्धान कार्यहरु गर्दै नबीनतम र उपयोगी प्रबिधिहरु कृषक समक्ष सिफारिस गरी गाईको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने l

जनादेश

  • देशका बिभिन्न भौगोलिक क्षेत्रका लागि उपयुक्त हुने गाईको पोषण, चरन तथा घाँसेवाली, प्रजनन, स्वास्थ्य, उत्पादन तथा ब्यबस्थापन र सामाजिक-आर्थिक पक्ष सम्बन्धी अनुसन्धान गर्ने l
  • नेपालमा गाई सम्बन्धी भएका अनुसन्धान कार्यको संकलन, संबर्द्धन र जानकारी अध्यावधिक गर्ने l
  • गाई पालन सम्बन्धी विकसित उपयोगी प्रबिधिहरुको प्रमाणीकरण र सिफारिस गर्ने l
  • अनुसन्धानबाट प्राप्त उपलब्धिहरु तथा सिफारिस भएका नयाँ प्रविधिहरु प्रकाशित गरी प्रबिधि हस्तान्तरण र बिस्तारको लागि कृषि प्रसारसँग समन्वय कायम गर्ने l
  • बिशेषज्ञ तथा अनुसन्धानमा सामग्रीको आदान प्रदान र सहयोगात्मक अनुसन्धानको लागि राष्ट्रिय, क्षेत्रीय तथा गाई सम्बन्धी संलग्न अन्तराष्ट्रिय संस्थाहरुसंग निकटतम सम्बन्ध राख्ने l
  • दुध उत्पादन, संकलन, प्रशोधन, दुग्धजन्य परिकारको विविधिकरण र बजारीकरण सम्बन्धी प्रविधिहरुको विकासगरि सिफारिस गर्ने l
  • गाईका बिभिन्न जातहरुको अन्बेषण, विशेषतीकरण, मूल्यांकन, प्रयोग र संरक्षण गर्ने l
  • गाईका जातहरुको दर्ता तथा उन्मोचनमा सहयोग गर्ने l
  • देशमा गाई अनुसन्धान सम्बन्धी आवश्यक अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यहरुको निर्धारण तथा प्राथमिकीकरण गरि रणनीति तयार गर्ने l
  • सरकारलाई गाईपालन सम्बन्धी नीति/नियम निर्माण र कार्यान्वयनमा सहयोग गर्ने l

लक्ष्य

अनुसन्धानको सहयोगले गाईहरूको उत्पादकत्व बृद्धि भई गाईपालक कृषकहरुको आयस्तरमा बृद्धि हुनुका साथै राष्ट्रिय पुजी बृद्धिमा सहयोग हुने l

उद्धेश्यहरु

  • बिभिन्न भौगोलिक क्षेत्रका लागि उपयुक्त गाईको नश्ल, आहारा, प्रजनन, स्वास्थ्य, उत्पादन तथा ब्यबस्थापन सम्बन्धी प्रबिधिहरुको विकासगरि सिफारिस गर्ने l
  • नेपालमा गाई सम्बन्धी भएका अनुसन्धान कार्यको संकलन र जानकारीको अध्यावधि गर्ने l
  • दुध उत्पादन, संकलन, प्रशोधन, दूधजन्य परिकारको बनावट र बजारीकरण सम्बन्धी प्रविधिहरुको विकासगरि सिफारिस गर्ने l
  • देशमा गाई अनुसन्धान सम्बन्धी आवश्यक अल्प, मध्य र दीर्घकालीन कार्यहरुको छनौटका साथै प्राथमिकीकरण गरि रणनीति तयार गर्ने l
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थाहरुसंग सहकार्यमा अनुसन्धान कार्य गर्ने र सम्बन्ध बिस्तार गर्ने l
  • गाई सम्बन्धी अन्बेषण, विशेषतीकरण, मूल्यांकन, प्रयोग र संरक्षण गर्ने l
  • गाईका जातहरुको दर्ता तथा सिफारिसमा सहयोग गर्ने l
  • सरकारलाई गाईपालन सम्बन्धी नीति/नियम निर्माण र कार्यन्वयनमा सहयोग गर्ने l

 

 

उपलब्धिहरु

  • पचास प्रतिशत (५०%) जर्सी वा होलस्टेन फ़्रिसीयनको वर्णशंकर गाईहरु मध्य पहाडी क्षेत्रमा पालनका लागि उपयुक्त रहेका छन l पचास प्रतिशत जर्सी र होलस्टेन फ़्रिसीयन वर्णशंकर गाईहरुको पहिलो पटक ब्याउदाको उमेर, अन्तर बेत समय र दुध उत्पादन प्रति बेत ३२.४ महिना र २७.९० महिना, १३.८० र १७.७० महिना तथा १४७१.० र १८३६.० लिटर पाईयो l
  • ४ महिनाको उमेरमा माउबाट दुध खान छुटाईएका वर्णशंकर बाच्छा-बाच्छीहरु २ र ६ महिनामा माउबाट दुध खान छुटाईएका बाच्छा-बाच्छी भन्दा राम्रो हुने गरेको पाईयो l ४ महिनामा छुटाईएका बाच्छा-बाच्छीको यौवन अवस्थाको औषत उमेर र तौल १२.३३ महिना र १९५.३० किलोग्राम रहेको पाईयो l त्यसैगरि २ र ६ महिनामा माउबाट दुध खान छुटाईएका बाच्छा-बाच्छीको यौवन अवस्थाको उमेर १२.७ महिना र १४.४ महिना र तौल १६९.५० र १४८.०२ किलोग्राम रहेको छ l
  • गाईलाई ब्याउनु भन्दा २ महिना अगाडि देखि निर्वाहमुखी दाना सँगै थप २ केजी आहारा दिदा दुध उत्पादन र जन्मिने बाच्छा-बाच्छीको तौलमा बृद्धि हुन्छ l
  • बाच्छा-बाच्छीलाई दुधको सट्टामा कृतिम दुध (मिल्क रिप्लेसर) खुवाएर पनि हुर्काउन सकिने र सुरुको ४ महिना सम्म कृतिम दुध खुवाउंदा मोही र शुद्ध दुध खुवाउनु भन्दा रु. २२८४ र रु. २१४१ कम खर्च लाग्ने हुन्छ l
  • १० लिटर भन्दा बढी दुध दिने गाईलाई दैनिक रुपमा चाहिने आहारालाई दिनमा दुई पटक (बिहान ७  र दिउसो ४ बजे) भन्दा दिनमा तिन पटक (बिहान ७, दिउसो १२ र ४ बजे)  खुवाउंदा ४९५.०० लिटर प्रति बेत दुध उत्पादन बढ्ने हुन्छ l
  • १४० दिनको अनुसन्धान अवधीमा युरिया मिनिरल मोलासेस ढिक्का (खनिज ढिक्का) खुवाउंदा नखुवाएको गाई भन्दा ४२७.०० लिटर बढी दुध उत्पादन हुने l
  • गाईमा ३० दिनमै गर्भ पत्ता लगाउनका लागि दुध वा सेरमको नमुनाबाट एलिजा (ELISA) टेस्ट गर्न सकिन्छ l
  • गुणस्तरीय घाँसेवालीमा आधारित गाईपालन  गर्दा दाना खपत लाई ३५% देखि ४५% कम गराएर उत्पादन लागत घटाउन सकिन्छ l यसमा २ किलोग्राम निर्वाह रासन (Maintenance Ration) र अन्य आवश्यक सुक्खा पदार्थ चाहि ५०% अकोसे हरियो घाँस, ३०% कोसे हरियो घाँस र २०% सुकेको अकोसे घाँस बाट आपूर्ति गर्न सकिन्छ l

 

 

 

अनुसन्धानकर्ताहरु

श्री देवी प्रसाद अधिकारी (बरिस् बैज्ञानिक, एस-३), पशु उत्पादन तथा  व्यवस्थापन

श्री बिष्णु बहादुर केसी (बैज्ञानिक, एस-२), पशु उत्पादन तथा  व्यवस्थापन

डा. सगुण मल्ल (बैज्ञानिक, एस-१), पशु आहारा

डा. उद्दव पनेरु, पी.एच.डी (बैज्ञानिक, एस-२),  पशु प्रजनन तथा अनुबांसिक

डा. शिवहरी घिमिरे (बरिस्ठ प्राबिधिक अधिकृत, टी-८), पशु उत्पादन तथा  व्यवस्थापन

श्रीमती दुर्गा रावत, (प्राबिधिक अधिकृत, टी-६), पशु उत्पादन तथा  व्यवस्थापन

डा. यज्ञ राज पाण्डेय (प्राबिधिक अधिकृत, टी-६), पशु उत्पादन तथा  व्यवस्थापन

डा. प्रतिक हमाल (प्राबिधिक अधिकृत, टी-६), पशु उत्पादन तथा  व्यवस्थापन

सम्पर्क ठेगाना

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम

रामपुर, चितवन

फोन न.:९७७-५६-५९१०७१, ५९१००९ फ्याक्स: ९७७-५६-५९१२५५

ईमेल: ncrp@narc.gov.np

वेईबसाईट: www.ncrp.gov.np