रामपुर, चितवन
 सम्पर्क नं.: ९७७-५६-५९१०७१, ५९१००९
 फ्याक्स :९७७-५६-५९१२५५
 E-mail:ncrp@narc.gov.np

Published Date : 2018-05-17 (Modified Date : 2020-03-28)

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत संचालित बिभिन्न बस्तु बाली कार्यक्रम मध्ये एक हो l यो अनुसन्धान कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषदका पशु तथा मत्स्य निर्देशक अन्तर्गत रहेर अनुसन्धान कार्य संचालित गर्ने गरिन्छ l यसको उत्पत्ति वि. स. २०४८ सालमा तत्कालीन पशु विकास तथा पशु स्वास्थ्य बिभाग अन्तर्गत खुमलटार ललितपुरमा रहेको पशु विकास फार्म बाट भएको हो l वि. स. २०४८ सालमा नेपाल कृषि अनुसन्धान परिषद स्थापना हुँदा यसको नाम राष्ट्रिय गाईभैसी अनुसन्धान कार्यक्रम थियो l  वि. स. २०६९ सालमा राष्ट्रिय गाईभैसी अनुसन्धान कार्यक्रम छुट्टिएर राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम र राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रममा बिभाजन भयो l वि. स. २०७१ सालमा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर, चितवनमा सर्यो l त्यसैगरी राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम तरहरा, सुनसरीमा भयो l हाल राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम नेपालको मध्य भागमा २५ हेक्टर क्षेत्रफलमा अवस्थित छ l यो चाहि चितवनको जिल्ला सदरमुकाम भरतपुर देखि १० किलोमीटर पश्चिममा रहेको छ l